• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चोरेको...


शेरे चोरीको आरोपमा पक्राउ परेपछि न्यायाधीशले सोधेछन्

शेरे त चारपटक एउटै पसलको ताला फोड्ने क्रममा पक्राउ परिसकिस्

शेरे : हो श्रीमान्

न्यायाधीश : अहिलेसम्म के-के चोरिस् त ?

शेरे : श्रीमान्, मैले एउटा ड्रेस चोरेको थिएँ ।

न्यायाधीश : एउटा ड्रेस चोरेको थिस भने चार पटक त्यही पसलमा किन चोरी गर्ने प्रयास गरेको त ?

शेरे : श्रीमान्, यसभन्दा अघि तीनपटक जुन ड्रेस चोरेको थिएँ, त्यसको रंग मेरी श्रीमतीलाई मन परेन, त्यही भएर पटक-पटक चोर्न जानुपरेको हो ।